एकपछि अर्को विशिष्ट डेंगुको चपेटामा, नेकपा नेता गौतमलाई पनि संक्रमण

काठमाडौं, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमलाई पनि डेंगुले सताएको छ ।
सोमबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर परीक्षण गर्दा गौतमलाई डेंगुको संक्रमण देखिएको हो ।
शनिबारबाट आएको ज्वरो नघटेपछि नेता गौतम चिकित्सकको सल्लाहमा अस्पताल पुगेका थिए ।
गौतम केही समयअगाडि सिंगापुर गएका थिए । उनलाई त्यहीँ संक्रमण भएको हुन सक्ने चिकित्सकको अनुमान छ ।
यसैबीच डेंगुको संक्रमणले अस्पताल भर्ना भएका कृषि तथा पशुपञ्छी मन्त्री चक्रपाणी खनाल घर फर्केका छन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराएका मन्त्री खनाललाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
Last modified on 2019-09-11 09:34:47