प्रदेश ५ मा डेंगु रोगको संक्रमण बढेपनि नियन्त्रण बाहिर छैनः समाजीक विकास मन्त्री बराल



Download our app to get more features

रुपन्देही, २४ भदौ । प्रदेश नम्बर ५ मा डेंगु रोगको संक्रमण बढेपनि नियन्त्रण बाहिर नभएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताएका छन् । 

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले विभिन्न समयमा उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बरालले प्रदेशका १२ जिल्ला मध्ये अहिले सम्म ४ जिल्लामा डेंगुका बिरामी फेला परेपनि नियन्त्रण बाहिर जाने अवस्था नरहेको बताए ।

मन्त्री बरालले डेंगुको संक्रमणका कारण मानिसहरु बिरामी परेको घटनाप्रति प्रदेश सरकार जानकार रहेको बताउँदै उनले त्यसको जाँच र उपचारकालागि प्रदेश सरकारसँग आवश्यक जनशक्ति र उपकरण रहेको दावी गरे ।

मन्त्री बरालले  हालसम्म प्रदेशका रुपन्देहीमा ९०, पाल्पामा १,  दाङमा १०, बाँकेमा ७  गरि १ सय २६ जना बिरामी देखिएको र रुपन्देहीमा १ जनाको मृत्यु भएको जानकारी गराएका थिए । बिरामी मध्ये ८७ जना उपचारपछि घर फर्किएको र अन्यको  उपचार भैरहेको उनले बताए ।  

मन्त्री बरालले मिडियामा आए जस्तो र प्रदेशसभा सदस्यहरुले चिन्ता गरे जस्तो डेंगु रोग महामारीको रुपमा नफैलिएको पनि उल्लेख गरे । 

Last modified on 2019-09-11 09:34:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts