हेटौंडा अस्पतालको लापरबाही: बिरामीलाई म्याद सकिएको औषधि चलाइयो



Download our app to get more features

हेटौंडा, २३ भदौ ।  हेटौंडा अस्पतालको फार्मेसीमा चरम लापरबाहि भएको पाइएको छ । अस्पतालको फार्मेसीले बिरामीलाई म्याद सकिएका औषधि दिएको पाइएको हो । उक्त औषधि अस्पताल आउने बिरामीलाई लगातार  १४ दिनसम्म चलाइएको छ । 

अस्पतालमा भर्ना भएका एक बिरामीलाई भ्याद सकिएको इन्सुलिन लगातार १४ दिन सम्म चलाइएको हो  । ५ भदौमा अस्पताल भर्ना भएका बिमल क्षेत्रीलाई भदौ १८ गतेसम्म म्याद सकिएको इन्सुलिन अस्पतालका कर्मचारीहरुले दिइएको पाइएको हो । 

बिरामी क्षेत्रीले आफुलाई म्याद सकिएको औषधि दिएको भन्दै स्वास्थ्य अवस्थाको भरपाई गरिदिन अस्पतालमा निवेदन दिएका छन् । उनको निवेदन अनुसार इन्सुलिनको म्याद सन् २०१९ को मे महिना सकिने छ भने औषधि उत्पादन मिति भने जुन २०१७ रहेको छ । 

क्षेत्रीको निवेदनपछि अस्पतालले आफ्नो गल्ती भएको स्वीकार गरेको छ । अस्पतालले गल्ती स्वीकार गर्दै लिखित रुपमा माफी मागेको छ । अस्पतालले फार्मेसीबाट म्याद सकिएको औषधि क्षेत्रीमा चलाइएको अस्पतालले लिखित रुपमा नै स्पष्ट पारेको छ । 

यस्तो छ बिरामीको निवेदन

अस्पतालको माफी


 

Last modified on 2019-09-10 08:47:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts