कृषि तथा पशुपन्छी विकास मन्त्री खनाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २३ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका मन्त्री खनाल आइतबार ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
डेंगु संक्रमण देखिएपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको थियो।