बझाङ्ग अस्पतालको स्वरुप फेरियो, व्यवस्थित बन्दै अस्पताल



Download our app to get more features

बझाङ्ग, २३ भदौ । बझाङ्ग जिल्ला अस्पतालको मुहार फेरिएको छ । बझाङ्ग सरमुकाम चैनपुरको पारिपट्टीको भाग सिमखेतमा रहेको १५ शय्या र २ जना सरकारी डाक्टरको दरबन्दी रहेको बझाङ्ग जिल्ला अस्पताल अहिले फेरिएको छ । बिगतको दिन भन्दा अहिले सफा सुग्धर चिटिक्क परेको छ । पुरानै भवनमा भएपनि बिरामीका लागि बेड र बगैँचालाई व्यवस्थित बनाइएको छ ।

अस्पतालको बदलिएको स्वरुप हेर्दा गम्भिर खालका बिरामीपनि वातावरण देखेरै निको हुने जस्तो अवस्थामा पुगेको छ । अस्पतालको अवस्था सुन्दर, रमणीय र मनमोहक देखिन थालेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ ।  यसअघि सानो तिनो बिरामीलाई पनि तुरून्त धनगढी, काठमाडौं, नेपालगञ्ज लगायतका अस्पतालमा रिफर गर्नू पर्ने अवस्था थियो । जुन अहिले क्रमिक रूपमा कम हुँदै गएको र केही चेक जाँचका उपकरणको समेत प्रबन्ध मिलाइएको छ । 

एक जना स्थानीय कुरूवाका अनुसार केहि समय पहिले अस्पतालको अवस्था नाजुक थियो । कोहीपनि बिरामीलाई लिएर अस्पताल आउन चाँहदैन थिए तर आजकाल बिरामीको समस्यालाई डाक्टरले बुझ्दै उपचार गर्न थालेका छन् । 

अस्तापलको ओपिडी, ईमरजेन्सी सेवा राम्रो भएको छ । अस्पताल परिसर पनि सफा सुग्घर बनेको छ भने बिरामी आराम गर्ने बेड पनि व्यवस्थित बनेको छ । साथै डाक्टरहरूको टिम पनि राम्रो छ । युवा छन् काममा निकै इच्छा देखाएका छन् । आजकाल अस्पतालको मुहार फेरिएको स्थानीय र बिरामीका कुरुवाहरुको भनाइ छ । 

पुरानो भवनलाई पनि रङ्गरोगन गरिएको र अस्पतालको भित्र पट्टी पनि आरामदायी बेड अनि बिमारीहरूको कुरुवालाई पनि पहिलाको जस्तो समस्या नभएको स्थानीय बताउँछन् । 

जिल्ला अस्पताल बझाङ्गका मेडिकल सुपरिटेन्डेन्ट डा.सन्दिप ओखेडाका अनुसार सरकारी निजी गरेर ७ जना चिकित्सक र १ जना एमडिको टिमले सेवा दिई रहेका छन् । केहिदिन अगाडी मात्र एक हजार वाटको सोलार जडान गरिएको छ र बच्चाको लागि विशेष किसिमको उपचारको प्रबन्ध पनि मिलाइएको छ ।

डाक्टर ओखेडाको नेतृत्वमा रहेको ४० वर्ष पुराना जिर्ण भवनमा रहेको अस्पतालको मर्मत सुधार र रङ्गरोगन अनि बिरामीलाई आरामदायी बेड, शुद्ध खानेपानी, स्वस्थकर खाजा घर, बिरामी कुरूवालाई समेत आरामदायी बेन्चको प्रबद्घ र सबै अस्पताल कर्मचारीलाई समेत बिरामीको आवश्यकता अनुसारको सेवा दिन थालिए पछि अस्पताल आउने सेवाग्राही खुशी छन् ।
 

Last modified on 2019-09-10 06:14:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts