नसर्ने रोगबाट जोगिन आनीबानी सुधार्न सुझाव 



Download our app to get more features

काठमाडौं, २२ भदौ । विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुले नसर्ने रोगबाट जोगिन सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एक्सन नेपालको र युनियनको आयोजनमा आइतबार भएको एक कार्यक्रमका सहभागी मन्त्रालयका प्रतिनिधि र स्वास्थ्य विज्ञहरुले नसर्ने रोगका कारण हुने मुत्युदर बढीरहेकाले आनीबानी सुधार्न सुझाएका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नसर्ने रोगबाट करिब ७० प्रतिशत मानिसको मृत्यु हुने बताए । उनले नसर्ने रोगबाट बच्न आनीबानी र रहनसहन सुधार गर्नुपर्नेमा जोड दिए । यस्तै मन्त्रालयका सचिव खगराज बरालले आधुनिकताका नाम बद्लिएको जीवनशैलीले नसर्ने रोगलाई प्रोत्साहन गरिरहेको बताए । यो समस्याबाट जोगिने एउटै उपाय भनेको व्यवस्थित रहनसहन र खानपान भएको उनले बताए । 

वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले पनि सरकारले नसर्ने रोगको रोकथामका बारेमा सोच्नु पर्ने बेला आएको बताए । प्राडा कोइरालाले अहिले नसर्ने रोगका बारेमा केही कदम नचाल्ने हो भने पछि भयावह स्थिति आउन सक्ने चेतावनी दिए । 

मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पनि रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिने कुरामा ध्यान दिन जोड दिइन् । साइलेन्ट किलरका नामले चिनिने मधुमेह युवा अवस्थामा मै देखिन थालेकोमा उनले चिन्ता व्यक्त गरिन । उनले यसको नियन्त्रणका लागि सरकारी स्तरबाट पहलकदमी हुनुपर्ने बताइन् । 


 

Last modified on 2019-09-09 08:57:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts