बारा र पर्सामा पनि डेंगु देखियो, २९ जना संक्रमित

पर्सा, २२ भदौ । देशव्यापी रुममा डेंगुको प्रकोप बढेसँगै मधेशका पर्सा र बारा जिल्लमा पनि यो रोगको संक्रमण बढेको छ ।
बारा र पर्सामा गरि अहिले सम्म २९ जनामा डेंगुको संक्रमण भेटिएको जनाइएको छ । झन्डै ४ महिनाअघि सुनसरीको धरानबाट सुरु भएको डेंगुको प्रभाव धरान हुँदै चितवन र पर्सा, बारामा पनि देखा परेको छ । दुई साताभित्र वीरगंजका विभिन्न अस्पतालमा करिब दुई दर्जन व्यक्ति डेंगु संक्रमणबाट प्रभावित भएपछि स्थानीय त्रासमा आएका छन् ।
भाइरल ज्वारोसँग समेत लडन नसक्ने सरकारी संयन्त्र कसरी डेंगुसँग लड्ने होला भनेर आम सर्वसधारमा त्रास उत्पन्न हुन थालेको छ । केहि जिल्लाहरुमा डेंगुको प्रकोप देखापरेको थियो भने अब पर्सा बारा जिल्लामा अएपछि त्यो रोगबाट बच्ने उपायबारे स्थानीय अन्यौलमा छन् । वीरगंञ्जको नारायणी अस्पतालका तथा अन्य अस्पतालहरुमा डेंगुको प्रकोप बढेपछि बिरामीहरुको संख्या पनि बढ्न थालेको छ ।
वीरगञ्ंजको एड्भान्स हस्पिटलमा ५, नारायणीमा ७, वीरगंज हेल्थ केयरमा ४ र मेडिकल कलेजमा ६ तथा अन्य अस्पतालमा गरी २९ जना संक्रमित फेला परेका छ ।
सफा पानीमा बसेर फुल पार्ने मच्छरले विशेष गरी दिनको समयमा टोक्ने गर्छ । यो रोग लागेपछि कडा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखा पर्छ । बारा,पर्साको खुल्ला सिमानामा पर्ने भएका कारण केहि रोगीहरु बाहिरबाट आएका हुन सक्ने चिकित्सकहरुको बनाई रहेको छ । वातावरणीय प्रभावका कारण भाइरल ज्वरोका, डेङ्गिको प्रकोप बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको नारायणी अस्पतलाका डा. हरी गुप्ताले बताए ।
सरकारले उपल्बध गराउँने गरको डेङ्गिको किटको अभावको कारण उपचारमा समस्या भएको थियो । तर, हाल सम्ममा सय वटा किट आएको र तीन वटा अस्पताललाई उपलब्ध गराइएको छ ।