सुदूरपश्चिमका ७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम, डडेल्धुरा र डोटीमा मंसीरदेखि सञ्चालन गरिने



Download our app to get more features

डडेल्धुरा, २२ भदौ । ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा प्रारम्भिक चरणमा रहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको बताइएको छ । प्रदेशका ७ जिल्ला कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउँदले जानकारी दिएका छन् । 

सुदूरपश्चिममा सबैभन्दा पहिले २०७३ सालको जेठ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम सेवा प्रवाह गरेको कैलाली जिल्लामा हालसम्म १ लाख २४ हजार ३ सय ३३ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बोर्डको तथ्याङ्कले देखाएको छ । त्यस्तै  बैतडीमा  २०७३ फागुन १ गतेबाट सेवा सञ्चालन गरिएकोमा हालसम्म १० हजार ७२ जना बीमित भएका छन् । 

अछाममा २३ हजार ८ सय २४ जना, बझाङमा २७ हजार ७ सय ७३, दार्चुलामा हालसम्म  ४ हजार २ सय ४१ जना र कञ्चनपुरमा ५ हजार ९ सय १७ जनाले स्वास्थ्य बीमा गराएको बोर्डले जनाएको छ । 

बाँकी २ जिल्लामा मंसीरदेखि सेवा सञ्चालन गरिने 
विभिन्न फेजमा नेपालका सबै जिल्लालाई समेट्नुपर्ने भएका कारण डडेल्धुरा र डोटीमा कार्यक्रम ढिला सञ्चालन भएको बताउँदै प्रदेश संयोजक साउँदले मंसीरबाट ती दुवै जिल्लामा सेवा प्रवाह गरीने बताएका छन । ‘अहिले यी दुवै जिल्लाका स्थानिय तहमा जनप्रतिनिधी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धी अभिमुखीकरण दिइरहेका छौ’ उनले भने ‘असोज मसान्तसम्म कार्यक्रम सकेपश्चात सबै वडामा दर्ता सहयोगी छनौट कार्यक्रम संचालन गरिने छ ।’ ‘दर्ता सहयोगी छनौट भएपश्चात बोर्डको योजना अनुरुप मंसीर १ गतेबाट डडेल्धुरा र डोटीमा सेवा प्रभाव हुनेछ’ उनले थपे । जसअन्र्तगत शनिबार मात्रै डडेल्धुराको अमरगढी नगरपालीकाका जनप्रतिनिधी र स्वास्थकर्मीलाई स्वास्थ्य विमासम्बन्धी अभिमुखीकरण गराइएको साउँदले जानकारी दिए । 

नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास वोर्ड मार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको आरम्भ गरेको थियो ।

Last modified on 2019-09-09 08:56:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts