रुपन्देहीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्युु



Download our app to get more features

रुपन्देही, २१ भदौ । लुम्बिनी  प्रादेशीक  अस्पताल बुटबलमा  डेंगुबाट एक जनाको मृत्यु भएको छ । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यकी आमा सावित्रा आचार्यको सनिवारे डेंगुको संक्रमणबाट मृत्यु भएको हो ।

आचार्य लाई लगातार ज्वरो आएपछि बुटवलमा आई परिक्षण गर्दा विहीबार डेंगुको संक्रमण देखिएको थियो ।  सावित्रा आचार्य लाई तिनदिन देखि प्रादेशिक अस्पताल बुटवलको आईसियु कक्षमा राखि उपचार गरिएको थियो । 

उपचारको क्रममा रगतमा रहेको प्लेटलेसको मात्रा नबढेपछि आचार्यको सनिवार साढे पांच निधन भएको अस्पतालले जनाएको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं। ७ मोतिपुरमा बस्दै आएकी ६१ वर्षिय आचार्यका चार छोरा र दुई छोरी छन् ।

Last modified on 2019-09-08 09:38:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts