ताइवानका विद्यार्थीले गरे सुस्वास्थ्य अस्पतालमा प्राकृतिक चिकित्साकाे इन्टर्नसिप



Download our app to get more features

काठमाडौं, २१ भदौ । ताइवानको युयानपेइ युनिभर्सिटी अफ मेडिकल टेक्नोलोजीका ४ जना विद्यार्थीले काठमाडौंको सुस्वास्थ्य अस्पतालमा एक महिनाको इन्टर्नसिप गरेका छन् ।
युयानपेइ युनिभर्सिटीमा ब्याचलर अफ नर्सिङ र ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट अध्ययन गरिरहेका ती विद्यार्थीले अगस्ट ६ देखि सेप्टेम्बर ५ सम्म इन्टर्नसिप गरेका हुन् ।

अस्पतालका अध्यक्ष अकुपञ्चरिस्ट सुदर्शन बस्नेतका अनुसार  ताइवानी विद्यार्थीले युनिभर्सिटी अफ फरेन इन्टर्नसिप कार्यक्रमअन्तर्गत नेपालमा स्वास्थ्यका क्षेत्रमा पहिलो पटक इन्टर्नसिप गरेका हुन् ।  

यस्तो किसिमको इन्टर्नसिप गर्न युयानपेइ युनिभर्सिटीका विद्यार्थी विगतमा अमेरिका, क्यानडा, जापान, थाइल्यान्ड र मलेसियाका अस्पतालमा जाने गरेका थिए ।

नेपालमा पहिलोपटक सुस्वास्थ्य हस्पिटलसँग इन्सर्नसिपका लागि सम्झौता भएको  अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘विद्यार्थीले फिजियोथेरापी, अकुपंचर, नेचुरोथेरापी ट्रिटमेन्ट सिकेका छन् ।’

आउँदो वर्षका लागि पनि युयानपेइ युनिभर्सिटीले ६ जना विद्यार्थीको इन्टर्नसिप आग्रह गरेकोमा अस्पतालले स्वीकृति प्रदान गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

Last modified on 2019-09-07 16:47:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts