रुपन्देहीमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै, ७० जनामा भेटियो डेंगु

रुपन्देही, २१ भदौ । रुपन्देहीमा भाईरल ज्वरोसँगै डेंगुका बिरामीको चाप बढेको छ । जिल्लामा रहेका विभिन्न सरकारकारी तथा निजी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको अस्पतालहरुको तथ्यांकले देखाएको छ ।
जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका अनुसार अहिले जिल्ला भर ७० जनामा डेंगु पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदार नाथ शाहले जिल्ला भर ७० जना बिरामीमा डेंगुको संक्रमणका बिरामी फेला परेको बताए ।
उनले ती सबै बिरामीमा डेंगु पोजेटिभ पाइएको बताए । जिल्ला स्वास्थ्य कार्यलयमा डेंगुका बिरामी बढ्न थालेको र डेंगु परिक्षण किट अभाव भएको उनले बताए । उनका अनुसार माग अनुसार कसैलाई पनि किट उपलब्ध गराउन सकिएको छैन ।
उनले भने, ‘भएको किट हामी अस्पतालमै प्रयोग गर्दै छौं, पिएसीमा दिएका छौ । हामीसंग खरिद गर्नको लागी सरकारले बजेट नदिएको कारण केन्द्रको मुख ताक्नु बाहेक विकल्प छैन ।’
केन्द्रबाट पनि किट नपठाएकोले समस्या भएको शाहको भनाई छ । उनले बिगतका वर्षमा संघीय सरकारले जिल्लामा बजेट पठाउने गरेको भएपनि अहिले स्थानिय सरकारलाई बजेट पठाएकोले पनि किट खरिद गर्न नसकेको बताए । अहिले जिल्लामा रहेका ६ वटा नगरपालीकालाई १ लाखका दरले केन्द्रसरकारले बजेट पठाएको छ ।
रुपन्देही प्रादेशीक अस्पताल बुटबलमा दैनीक २ सय भन्दा बढी बिरामी ईर्मजेन्सीमा उपचार गर्न आउने र त्यो मध्ये अधिकासं भाईरल ज्वोरोका बिरामी आएको अस्पतालका ईर्मेजेन्सी वार्डका चिकित्सक डा सन्दीव रावलले बताए । उनले अहिले अस्पतालमा एक बेडमा ४ जना सम्म राखेर उपचार गर्नुपरेको भन्खै रुपन्देही बाहिर पाल्पा गुल्मी, रोल्पा, रुकुम, लगायतका जिल्लाबाट पनि बिरामी उपचार गर्न आएको बताए ।
लुम्बिनी प्रादेशीक अस्पतालका मेसु डा कृष्ण खनालका अनुसार अहिले सम्म लुम्बिनी प्रादेशीक अस्पतालमा ४८ जना डेगुका बिरामी फेला परेको बताए । उनले किट अभाब भएको समेत बताएका छन । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले ७० वटा किट पठाएको थियो अस्पतालमा २ सयभन्दा बढी बिरामी दैनीक आउछन् ७० पिस कतिदिनलाई गराउने उनले किट अभाव भएको बताए । प्रदेश सरकारसंग माग गरेको तर त्यहाँबाट नआएपछि जिल्लामा माग गररयौ तर, किट अझै नआएको उहाँको भनाइ छ ।
उनले ५ वर्षिय बालवालिकादेखि ७० वर्षसम्मका वृद्धवृद्धाहरुमा डेंगु संक्रमण देखिएको बताए ।साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएको बताए । रुपन्देहीमा पहिलो पटक २०६७ सालमा डेंगुका बिरामी फेला परेका थिए भने पहिलो पटक देखा परेको वर्षमा नै ४ जनाको मृत्यु भएको थियो । जिल्लामा हालसम्म डेंगुकै कारण ८ जनाको मृत्यु भएको खनालले बताए ।
खनालले भने, ‘ज्वरो आएका बिरामीलाई हामी किटको सही प्रयोगलाई समेत जोड दिएका छौं । बिरामी तीन दिनदेखि ज्वरो आएको अवस्थामा भएमा, चार हजारभन्दा कम सेता रक्तकोष देखिएमा र एक लाखभन्दा कम प्लेट्लेट्स देखिएमा तुरुन्त किट्स प्रयोगको मापदण्ड बनाएका छौं ।’