दाङमा भेटिए ७ जना डेंगुका बिरामी, महामारीको उच्च जोखिममा



Download our app to get more features

दाङ, २० भदौ । तराईका जिल्लाहरुमा प्रकोपको रुपमा फैंलदै गरेको डेंगुको उच्च जोखिममा दाङ जिल्ला पनि रहेको अधिकारीहरुले बताएका छन् ।

महामारी नै नभएतापनि कुनैपनि बेला डेंगुले महामारीको रुपमा फैलिन सक्ने आधिकारीहरुले चेतावनी दिएका छन् । हालसम्म दाङका बिभिन्न ठाँउँका ७ जनामा डेंगुको संक्रमण देखिएपनि सूचाङ्कको हिसाबले यो संख्या सानो नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका डेंगु रोग नियन्त्रण फोकल पर्सन कमल चन्दले बताए । 

डेंगु ज्वरो एडिस एजिप्टाई जातको संक्रमित  पोथी लामखुट्टेले टोक्दा एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग हो । अचम्मको कुरा त के छ भने झट्ट हेर्दा बाघ जस्तै देखिने  “टाईगर मस्क्युटो” ले दिउँसोमा टोक्ने गर्दछ ।

स्वच्छ आनी बानी, सरसफाई तथा मच्छडको ९लामखुट्टेको० टोकई बाट बच्न जानकारहरुले सुझाएका छन् । सफापानीमा बस्न रुचाउने तथा प्रकृतिमा पानी बिना पनि बाँच्न सक्ने क्षमता भएको यो लामखुट्टेको समुल नस्ट गर्नु नै डेंगु बाट बच्ने प्रमुख उपाय हो । 

मंसिरसम्म डेंगुको संक्रमणको जोखिम रहनसक्ने भन्दै फोकल पर्सन चन्दले यसका लक्षणहरुलाई जानेर सचेत रहन आग्रह गरेका छन् । डेंगु संक्रमण भएमा ज्वरो आउने, शरीरमा राता दागहरु देखिने, आँखाँ दुख्ने, पेट दुःख्ने, वान्ता हुने, पखाला लाग्ने, टाउको दुःख्ने, शरीर कटकटी खाने, जस्ता लक्षणहरु देखिन्छन् । 

डेंगु नियन्त्रणका लागि सरकारको तर्फबाट दाङमा कुनै बजेट नछुट्याएको भन्दै जिल्लाका अधिकारीहरुले डेंगुका बिरुद्ध टोलटोलबाट अभियान थाल्नुपर्ने बताए ।

Last modified on 2019-09-07 13:09:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts