स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता



Download our app to get more features


काठमाडौं, २० भदौ ।  स्वास्थ्य उपचारका लागि गत ५ भदौमा सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।  

मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। प्रम ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस गरिएको थियो । 
यसअघि पनि प्रम ओलीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको थियो ।

प्रधानमन्त्री ओलीलाई लिन  सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा लगायतल नेता तथा कार्यक्रता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दिएनन्।

Last modified on 2019-09-07 08:04:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts