उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं, २० भदौ । स्वास्थ्य उपचारका लागि गत ५ भदौमा सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदैछन् ।
मिर्गौलासम्बन्धी एन्टिबडी बढेपछि उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए। प्रधानमन्त्री ओली शुक्रबार अपराह्न थाई एयरवेजबाट स्वदेश फर्कने उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले बताए ।
प्रम ओलीको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस गरिएको थियो । यसअघि पनि प्रम ओलीको सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरीएको थियो ।