स्वास्थ्य खबरपत्रिकाको ९ औं हेल्थ अवार्ड : ९ स्वास्थ्यकर्मी र संस्था सम्मानित

काठमाडौं, १९ भदौ । स्वास्थ्य खबरपत्रिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ९ जना स्वास्थ्यकर्मीलाई र एक संस्थालाई सम्मान गरेको छ । पत्रिकाले हरेक वर्ष स्थापना दिवसको अवसरमा हेल्थ अवार्ड प्रदान गर्दै आएको छ । यो वर्ष पनि पत्रिकाले विभिन्न आठ विद्यामा ९ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । यो स्वास्थ्य खबरको ९ औं हेल्थ अवार्ड हो । पत्रिका १० औं वर्षमा प्रवेस गरेको छ ।
सम्मानितहरुलाई शिक्षा, तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले अवार्ड प्रदान गरेका थिए । स्वास्थ्य खबरले यो वर्षको उत्कृष्ट स्वयंसेविकाको अवार्ड ६८ वर्षीया कलुदेवी खड्कालाई प्रदान गरेको छ। उनी डडेलधुरा जिल्लाको अजयमेरु गाउँपालिका ६ स्थित गालगाउँमा कार्यरत छन् ।
त्यस्तै उत्कृष्ट नर्सको अवार्ड बाराको गन्जभवानीपुर प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स निर्मला पण्डितले पाइन् । उत्कुष्ट स्वास्थ्यकर्मी भने बोंगादोभान स्वास्थ्य चौकी बाग्लुंका अहेव राजन कुमार थापा घोषित भए । यस्तैगरी उत्कृष्ट जनस्वास्थ्यकर्मी बसन्तमान श्रेष्ठ भए ।
स्वास्थ्य खवरले स्वास्थ्यकर्मीलाई मात्र नभइ संस्थालाई पनि सम्मान गर्दै आएको छ । २०७६ को उत्कृष्ठ संस्थामा पर्न सफल भएको छ नेपाल नेत्रज्योति संघ । उत्कृष्ट अस्पतालको अवार्ड भने उदयपुरको कटारी अस्पतालको पोल्टोमा पर्यो ।
उत्कृष्ट डाक्टर भने गुल्मी जिल्ला अस्पतालका डा उत्तम पाच्या घोषित भएका छन् । र स्वास्थ्य खवर पत्रिकाले लाइफ टाइम अचिभमेन्ट २०७६ बाट दुई जनालाई सम्मान गरेको छ । जसमा डा. भिष्म प्रसाइ र हेमांगमणि दीक्षित रहेका छन् । उनीहरु चिकित्सा शिक्षा अध्ययन संस्थानका खम्वा रहेको भन्दै सम्मानित गरिएको हो ।