कृषि तथा पशुपंछी विकास मन्त्री खनाललाई डेंगुको संक्रमण



Download our app to get more features

काठमाडौं, १९ भदौ । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ ।उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।  मंगलबार साँझबाट ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल उपचारका लागि निदान अस्पताल पुगेका थिए । 


अस्पतालले डेंगु भएको आशंका गर्दै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरेको थियो । टेकु अस्पतालमा मन्त्री खनालमा डेंगु संक्रमण भएको पुष्टि भएको हो । उनलाई उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको हो । मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।


बैशाखबाट सरु भएको डेंगुको संक्रमण अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । डेंगुको संक्रमण सर्वधारणा जनतादेखि मन्त्रीमा पनि देखिन थालेको छ । डेंगुले भयावह रुप लिदै गर्दा सरकारको डेंगु नियन्त्रणको काम भने प्रभावकारी भएको देखिदैन् । 

Last modified on 2019-09-06 09:17:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts