धुर्काेट गाउँपालिकाद्वारा दुई स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण 



Download our app to get more features

रुपन्देही, १९ भदौ । गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाले प्राथामिक स्वास्थ्य केन्द्र रजस्थल र हाडँहाडे हेल्थपोष्टलाई ११ वटालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बिहिवार कार्यक्रमको आयोजनागरि गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले  नयाँ एम्बुलेन्सको हस्तान्तण गरेका हुन् । 

यो संगै धुर्काे गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा उपलब्ध भएको छ । संघिय सरकारको बिषेश अनुदान रकमबाट २ वटा नयाँ एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पोखरेलले बताए । नयाँ एम्बुलेन्सको मुल्य २५ लाख रहेको समेत पोखरेलले बताए ।

अध्यक्ष पोखरेलले  भने आमासुरक्षा कार्यक्रम अन्र्तगत धुर्काेट गाउँपालिका भित्रका सुत्केरी हुने महिलालाई स्वास्थ्य केन्द्रसम्म  एम्बुलेन्सले निशुल्क ल्याउने गरेको बताए । 

गाउँपलिकाका सात मध्ये ६ वटा वडामा एम्बुलेस भएको र एक वडामा अझै एम्बुलेन्स नभएको अध्यक्ष पोखरेलले बताए ।
 

Last modified on 2019-09-06 09:20:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts