सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत नि:शुल्क छात्रवृत्ति यसैवर्ष देखि लागु हुने

काठमाडौं, १९ भदौ । सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्तियसै वर्षदेखि लागु हुने भएको छ । स्वास्थ्य खवरको नवौं वार्षिकोत्सवमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ७५ प्रतिशत छात्रवृति यसैवर्षदेखि लागु हुने बताएका हुन् ।
मन्त्री पोखरेलले भने, ‘चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ७ को छात्रबृत्ति सम्वन्धी व्यवस्था यसै शैक्षिक सत्र देखि लागू हुन्छ । साझा प्रवेश परीक्षा आगामी शैक्षिक सत्र देखि कार्यन्वयन गर्न पूर्ण प्रतिवद्ध रहेको जानकारी गराउँछु ।’
उनका अनुसार छात्रवृतिका लागि आवश्यक पर्ने बजेट ९० करोड माग गरिएको छ र सो रकम छुट्याएको पनि छ । यसकारण छात्रवृति यसैवर्ष देखि लागु हुने उनले दावी पनि गरेका छन् ।
यता मेडिकल विद्यार्थीहरु भने कलेजमा ७५ प्रतिशत छात्रावृत्ति व्यवस्था गर्न लगाएतका माग राखेर आन्दोलन गरिरहेका छन् । आन्दोरत विद्यार्थीले आईओएमको परीक्षा शाखामा ताला सम्म लगाउन भ्याएका थिए ।