पर्वतको कार्किनेटामा निर्माणाधिन स्वास्थ्य चौकी भाँसिन थाल्यो



Download our app to get more features

पर्वत, १९ भदौ । पर्वतको फलेवास नगरपालिका–१ कार्किनेटामा निर्माणाधिन पक्कि स्वास्थ्य चौकीको भवन भासिन थालेको छ ।
 
स्थानीयबासीको विरोध हँदाहुँदै कमजोर भूवनोटमा निर्माणाधिन भवन भासिन शुरु भएको हो । साढे एक तल्लाको नौ कोठा भएको भवन करिव तीन रोपनी क्षेत्रमा निर्माणाधिन छ । 

पुरानो र जिर्ण भवनबाट सेवा दिंदै आएको स्वास्थ्यचौकी तत्कालिन द्वन्द्वकालिन संरचना निर्माणको सूचिमा निर्माण हुन लागेको हो । नयाँ स्वास्थ्यचौकी बनेर सुविधा लिने आशामा रहेको स्थानीय भवन भासिन थालेपछि निराश हुन थालेका छन् । 

निर्माण सकिने समयमा भवनको बाहिरि बरण्डातर्फको भाग धस्सिएको छ । चारैतर्फ पानी तर्काउन बनाइएको नाली र बरण्डा धस्सिएपछि अब भवनको मुख्य संरचना समेत भत्किने खतरामा रहेको स्थानीयले बताएका छन् ।

भवनभन्दा तल र माथी दुबैतर्फ बस्ती भएकोले पनि पहिरो खस्दा दुबैतर्फको बस्तीलाई थप क्षती पु¥याउने स्थानीय शिव पौडेलले बताए । निःशुल्क जग्गा पाउँदापाउँदै तत्कालिन गाविसबाट रकम बिनियोजन गरेर किनेको उहाँले आरोप लगाए । 

स्थानीयले निर्माणाधिन भवनदेखि करिव चार सय मिटर टाढाको जग्गा स्वास्थ्यचौकीलाई निःशुल्क उपलव्ध गराउने बाचा गरेका थिए । भवन निर्माणको जिम्मा लिएको नयाँ बाटो सुर्योदय जेभीका सञ्चालक कुलराज पोख्रेलले कमजोर जमिन र समयमा काम गर्ने वातावरण नहँुदा बढी क्षती भएको बताए ।

Last modified on 2019-09-06 09:26:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts