भीम अस्पताल भैरहवामा क्षयरोग जाँच गर्ने जिन एक्सपर्ट मेशिन

उपचारमा सहज हुने मन्त्री बरालको विश्वास



Download our app to get more features

रुपन्देही, १९ भदौ । भिम अस्पताल भैरहवामा क्षयरोग निदान गर्नका लागि प्रयोग गरिने जिन एक्सपर्ट मेशिनको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका छन् । 

भिम अस्पतालमा क्षयरोगका बिरामीको चाप बढ्नुका साथै माईक्रोस्कोपिक खकार परिक्षणबाट खकारमा क्षयरोगका किटाणु नदेखिदा धेरैलाई सर्न सक्ने सम्भावना भएकोले जिन एक्सपर्ट मेशिनको माध्यमबाट लुकेर रहेको क्षयरोग पनि देखिने हुँदा जेन एक्सपर्ट मेशिनलाई भिम असपतालमा राखिएको अस्पतालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले क्षयरोग भनेको जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रोग भएकोले यसको समयमै पत्ता लगाई उचित उपचार गर्नुपर्ने कुरामा जोड दिदै क्षयरोगका बारेमा समुदायमा सचेतीकरणको आवश्यकता रहेको बताए । उनले भिम अस्पताललाई पचास शय्यामा लैजानु पर्ने र त्यसका लागि मन्त्रालयले आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गर्ने समेत बताए । 

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले नेपालमा दैनिक २२ जना क्षयरोगीले मृत्युवरण गरिरहेको र एक जना क्षयरोगीले वर्षमा दश जना निरोगी व्यक्तिलाई क्षयरोग सारिरहेको बताउँदै त्यसको रोकथामका लागि डट्स उपचार विधीलाई सही तरीकाले प्रयोग गर्नु र गराउन पर्ने बताए । राजभण्डारीले भैरहवामा सुरु गरिएको जेन एक्सपर्ट मेशिन अत्याधिक महँगो मेशिन भएको र एउटा टेष्ट गर्नका लागि करिव १ हजार ७ सय रुपैयाँ खर्च आउने भएपनि बिरामीको लागि निःशुल्क भएको हुँदा यसको सहि तरीकाले प्रयोग गर्न आग्रह गरे । 

प्रदेश नं ५ का स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले भिम अस्पताललाई नपुग कर्मचारी नियुक्तीकालागि अधिकार दिईसकिएको बताउँदै जिन एक्सपर्ट मेशिनको माध्यम बाट हरेक सर्बसाधारणलाई सेवा प्रदान गर्न निर्देशन दिए ।

राष्ट्रिय क्षयरोग केन्द्रद्वारा भिमअस्पताललाई प्रदान गरिएको जिन एक्सपर्ट मेशिनको बर्तमान बजार मुल्य करिव ६० लाख रहेको र यो समेत नेपालमा ६० स्थानमा मेशिनको उपलब्धता रहेको कार्यक्रममा अस्पतालले जनाएको छ । कार्यक्रममा  प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख महेश्वर प्रसाद श्रेष्ठ जिल्ला समन्य समितिका प्रमुख एकराज बिक, सिद्धार्थनगरपालिका प्रमुख हरि प्रसाद अधिकारी लगायतको सहभागित रहेको थियो ।
 

Last modified on 2019-09-06 09:25:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts