मौषमजन्य बिरामीले महेन्द्रनगरका स्वास्थ्य संस्था भरिए

महेन्द्रनगर, १८ भदौ । केही समययता मौसममा आएको परिवर्तनसँगै कञ्चननपुर सदरमुकाम महेन्द्रनगरका स्वास्थ्य संस्थाहरु भारलका बिरामीले भरिएका छन् । महाकाली अञ्चल अस्पतालसहित जिल्लाका सबैजसो स्वस्थ्य चौकी र उपस्वास्थ्य चौकीमा टाइफाईड, ज्वरो, रुघाखोकी लगायतका बिरामीको भीड लागेको छ ।
महाकाली अञ्चल असपतालमा मात्रै दैनिक दुई सय देखि तीन सयको हाराहारीमा बिरामीहरु आउने गरेको अस्पतालका अहेब राम प्रसादले बताए । त्यस मध्ये अधिकांस टाईफाईड, भाइरल र ज्वरोका छन् । अस्पतालमा अरु बेला बिरामीको संख्या सामान्य देखिए पनि केही दिन यता भाईरलका बिरामी एक्कासी बढेको उनको भनाइ छ ।
स्वास्थ्य चौकीहरुमा पनि बिरामी बढेपछि स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको छ । एक्कासी बिरामी बढ्दा व्यवस्थपनमा समस्या भएको जनाइएको छ । केहि दिनयता जिल्ला भरनै भाईरल फैलिरहेकाले यस्तो अवस्था आएको चिकित्सकहरुको भनाइ छ । यस्तो बेलामा बिरामीले प्रशस्त आराम गनुपर्ने, झोलिलो र पोषिलो खाने कुरा खानुपर्ने तथा नियन्त्रण नहुने संकेत देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा गई चेकजाँच गर्न महाकाली अञ्चल अस्पतालका मेडिकल अफिसर अस्पताल डा. सरोज आचार्यको सुझाव छ ।
‘औषधि अभाव छैन’
कञ्चनपुरका अधिकांश स्वास्थ्य चौकी चथा क्लिनिकहरुमा केही दिन अघिसम्म भाइरल नियन्त्रणको औषधि समेत अभाव थियो । भाईरल बिरामी बढ्दै गए पछि स्वास्थ्य शाखाले नगर क्षेत्रका स्वास्थ्य चौकीहरुमा औषधि पठाई सकेको जनाएको छ । मौषम परिवर्तन भएसँगै प्रत्येक वर्ष भाईरलका बिरामी बढ्ने गरेको छ ।