मस्तिष्कका लागि शाकाहारी या मांसाहारी, कुन खाना हुन्छ उपयुक्त ?



Download our app to get more features

तपाईंको मस्तिष्कका लागि विभिन्न किसिमको पोषणको आवश्यक्ता हुन्छ । जसका लागि तपाईं विभिन्न किसिमका डाइट सेवन गर्ने गर्नुहुन्छ । पोषणका लागि सबैभन्दा राम्रो शाकाहारी खानालाई मानिन्छ वा मांसाहारीलाई ? यो विषयमा लामो समय सम्म बहस पनि हुँदै आएको छ । आजभोली पर्यावरणकालागि   शाकाहारी खाना पनि निकै चर्चामा आउने गरेको छ । उसो त मांसाहारी खानाको तुलनामा शाकाहारी खानाबाट पर्याप्त पोषण प्राप्त हुन्छ कि हुँदैन यसमा ध्यान दिनु भने जरुरी छ । मात्र शाकाहारी खाना खानाले शरीरमा एक महत्वपूर्ण पोषक तत्वको कमी हन्छ । जुन मस्तिष्कको लागि आवश्यक हुन्छ ।

युएस इन्स्टीच्यूट अफ मेडिसिनका अनुसार मांसाहारी खाना खान छोड्नाले शरीरमा कलीनको कमी हुन सक्छ । जुन मस्तिष्कको लागि निकै आवश्यक हुन्छ । यसले कलेजोको काममा पनि प्रभाव पर्न सकछ । त्यस बाहेक यसले मेटाबोलिज्ममाथि पनि असर गर्न सक्छ । शरीरमा भएको कलीनले कलेजो बनाउने काम गर्छ । उसो त शरीरको आवश्यक्ता अनुसार यो पर्याप्त भने हुँदैन । यस अवस्थामा तपाईंले आफ्नो खानामा कलिनयुक्त खाना खानु भने आवश्यक हुन्छ । 

यी पदार्थमा पाइन्छ कलीन 
डायटको कुरा गर्ने हो भने कलीन विषेशगरि बीफ, अन्डा, डेरी पदार्थ, माछा र मासुमा पाइन्छ । त्यर्सगरि यसको मात्रा तरकारी, बदाम, काजु, ओखर र गेडागुडीमा कम पाइन्छ । विज्ञका अनुसार यदि तपाईं शाकाहारी खाना खानुहुन्छ भने यसको मात्रा बढी हुने खानालाई आफ्नो डाइटमा समावेश गर्नु राम्रो हुन्छ ।
 
गर्भवती महिलाका लागि आवश्यक 
कलीन मस्तिष्क स्वास्थ्यका लागि निकै लाभदायक भएको हुनाले यो बच्चाको मस्तिष्कको लागि पनि आवश्यक हुन्छ । गर्भमा हुर्कदै गरेको बच्चाका लागि पनि यो निकै लाभदायक हुन्छ । यस अवस्थामा गर्भवती महिलाको लागि पनि कलिन पर्याप्त मात्रामा आफ्नो खानामा समावेश गुर्नपर्छ ।
कसका लागि कति मात्राः
महिलाः ४१५ मिग्रा 

पुरुषः ५५० मिग्रा 

गर्भवती महिलाः ४५० मिग्रा 

नयाँ आमाका लागिः ५५० मिग्रा
 

Last modified on 2019-09-05 06:13:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts