स्वास्थ्य राज्यमन्त्री यादवद्वारा टेकु अस्पताल निरीक्षण, डेंगुको उपचार निःशुल्क गर्न निर्देशन 



Download our app to get more features

काठमाडौं १७ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । 

राज्यमन्त्री यादवले मंगलबार अस्पतालको इमर्जेन्सी लगायत सबै वार्डको निरीक्षण गरेका हुन् । उनले अस्पतालमा उपचारका लागि आएका डेंगुका बिरामी अयन्त्र जान नपर्ने गरी व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
 

राज्यमन्त्री यादवले अस्पतालका निर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, व्यवस्थापन महाशाखा, चिकित्सा महाशाखा, राष्ट्रिय जन स्वास्थ्य महाशाखा लगायतका प्रमुखलाई बोलाएर डेंगुको उपचार निःशुल्क गर्न आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिए । 

Last modified on 2019-09-04 06:11:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts