प्रदेश ५ सरकारका ८ निर्णयः ११ सरकारी अस्पतालमा विकास समिति गठन गर्न स्वीकृति



Download our app to get more features

रुपन्देही, १७ भदौ । प्रदेश पाँचमा रहेका ११ वटा सरकारी अस्पतालमा विकास समिति गठन गर्ने बाटो खुलेको छ । 

प्रदेश पाँचको मन्त्रीपरिषदको सोमबार बसेको बैठकले सामाजिक विकास मन्त्रालयलाई प्रदेश भित्रका ११ वटा सरकारी अस्पतालमा बिकास समिति गठन गर्न स्वीकृति प्रदान गरेको हो ।

अस्पतालमा अध्यक्ष हुनकालागि कम्तीमा स्नातक तह उत्तिर्ण गरी १० वर्ष सरकारी सेवा वा स्वास्थ्य क्षेत्रमा ५ वर्ष सेवा गरेको हुनु पर्ने बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी गराए । 

त्यस्तै लब्ध प्रतिष्ठित महिलालाई अस्पताल विकास समितिको सदस्य पदमा प्रदेश सरकारको रिफारिसमा नियुक्त हुने पनि उनले बताए । सरकारको यो निर्णयसँगै २२ जनाले राजनीतिक नियुक्ति पाउने निश्चित भएको छ । त्यसैगरी प्रदेश पाँच लोकसेवा आयोगको अध्यक्ष र मुख्य न्यायधिवक्ताको नयाँ तलवमान कायम गरेको छ ।

प्रदेश लोकसेवा आयोग अध्यक्षको मासिक ६४ हजार ४ सय २० तोकिएको छ । प्रदेश लोकसेवा आयोगको कानुन नबनीसकेकाले तत्काल राजपत्रमा प्रकासित गरि कार्यान्वयन गराईने प्रवक्ता चौधरीले बताए । मुख्य न्यायधिवक्ताको भने संघीय सरकारले विशिष्ट श्रेणीका कर्मचारीको तलवमान बृद्धि गरेकाले सोही अनुसार बृद्धि गरिएको मन्त्री चौधरीले बताए । प्रदेश मुख्य न्यायधिवक्ताको अवको तलव मासिक ६४ हजार ४सय २० रुपैंया हुने छ ।

बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवा सर्त सम्बन्धमा व्यबस्था गर्न बन्ने विधेयक तर्जुमा गर्नकालागि स्वीकृती प्रदान गरेको छ । उक्त विधेयक आगामी अधिवेशनमा पेश गर्ने गरि काम गरिने पनि मन्त्री चौधरीले वताए । त्यसैगरी प्रदेशका सभामुख, उपसभामुख, विपक्षि दलका नेता तथा प्रदेश सभा सदस्यहरुको भईपरि निधन भएमा १० लाख रुपैंया बराबरको बीमा तथा घातक रोग लागेमा औषधि उपचारकालागि मेडिकल बोड गठन गरि त्यसको सिफारिसका आधारमा उपचार खर्च प्रदान गरिने निर्णय भएको छ ।

प्रदेश सरकारले संविधान दिवसमा प्रदान गर्ने पदककालागि पदक प्राप्त गर्ने व्यक्ति छनौट गर्न पूर्व सांसद नेत्रप्रसाद पन्थी, दाङकी मेनका पोखरेल र पट्ट थारुलाई सदस्यमा मनोनित गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको बैठकले प्युठानको गौमुखी गाउँपालिकाको केन्द्र परिवर्तनकानकालागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । उक्त गाउँपालिकाको हाल वडा नं. ५ ठूला वेसीमा केन्द्र रहेको थियो । गाउँपालिकाबाट केन्द्र परिवर्तनकालागि माग गरे बमोजिम प्रदेश सरकारले वडा नं. ४ को पुजालिवासेमा राख्नकालागि सिफारिस गर्ने निर्णय गरेको हो ।
 

Last modified on 2019-09-04 06:11:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts