जानी राखौं दत्तिवनको औषधिय महत्व
हिन्दू परम्परा अनुसार भाद्रशुक्ल पक्षको पञ्चमी तथा हरितालिका तीजको तेस्रो दिनमा, विवाहित तथा अविवाहित मासिक धर्म अवलम्वन गरेका नारीहरुले व्रत बसेर, चार वेदका रचयता सप्तऋषिको पूजाआजा गरेर मनाइने पर्व नै ऋषिपञ्चमी हो। यस पर्वमा नारीहरुले दतिवन्को ३६५ वटा डाठले दांत माज्ने र यसकै पात चढाएर पूजाआजा गर्ने प्रचलन छ।
दतिवन् (काइरैन्थस इस्पेसिस) महत्वपूर्ण जडिबुटीका रुपमा आयुर्वेदमा चिनिन्छ।अमरैण्टेसी कुल अन्तर्गत पर्ने दतिवन् लाई संस्कृतमा (अपमार्गु र अंग्रेजीमा ) प्रिकली चाफ फ्लावरु भनिन्छ।यसको गुण( लघु, रुक्ष र तीक्ष्णस रस कटु,तिक्त सविपाक ( कटु स वीर्य ) उष्ण हुन्छ। यसको दोषकर्म (कफवातशामक तथा कफपित्त संशोधन रहन्छ। द्रव्यगुण विज्ञान अनुसार दतिवन् अरुचि,छर्दि, अग्निमांध, शूल, उदररोग, आध्मान, अर्श, पित्ताश्मरी र कृमिरोगमा प्रयोग हुन्छ ।
यो विशेषगरि हृदयरोग, रक्तविकार, पाण्डु, गण्डमाला, आमवात र शोथरोगमा समेत उपयोगी रहन्छ। साथै यो रक्ताम्लता, बस्तिशोथ, वृक्कशोथ, अश्मरी, कुष्ठ, वर्णविकार, चर्मरोग आदिमा समेत लाभदायक रहन्छ। शोथवेदनायुक्त विकारमा, सर्पको दंशस्थानमा यसको लेप लगाइन्छ भने कास रोगमा यसको क्षार, कफ निकाल्नका लागि प्रयोग गरिन्छ। व्रणमा यसको स्वरस लगाइन्छ भने कर्णशूलमा यसको क्षारद्वारा सिद्ध तेल हालिन्छ। दतिवन् को प्रयोज्य अंगमा मूल, पत्र, तण्डुल, पञ्चांग पर्दछन् भने मात्रामा स्वरस ९१० (२० मि लि० सक्षार९ १र२) २ ग्रा० आवश्यक पर्दछ।