रुपन्देहीका केही मासुपसलको मासु खान अयोग्य 



Download our app to get more features

रुपन्देही, १६ भदौं ।  उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय बुटवल तथा जिल्ला भेटनरी कार्यालयको संयुक्त टोलीले अनुगमन गर्दा बुटवल बजार क्षेत्रबाट माछामासु बिक्री हुने केही पसलको मासु खान अयोग्य रहेको पाइएको छ । 

‘अनुगमन पनि के भन्नु चाडपर्वको मुखमा मात्र गरे जस्तो गर्छन उपभोक्ता राजेन्द्र घिमिरे भन्छन साँचै अनुगमन गर्ने भए पो हुन्थ्यो ।

अनुगम देखावटी मात्र नभएर नियमित हुनुपर्ने उनको माग छ।

पसलहरुको नियमन गर्ने जिम्मेवारी पाएको बुटवल उप—महानगरपालिकाले अनुगमनका लागि खासै चाँसो नदिएका बेला संयुक्त रुपमा अनुगमन गर्दा बुटवलको नेपालगंज रोड र भुट्कीचोकका माछा, मासु तथा कुखुरा पसलहरुबाट बिक्री हुने माछामासु सामान्य सरसफाइमा समेत ध्यान नदिइएको पाइएको छ ।

नेपालगंज रोड र भुट्कीचोकका ७ वटा पसलहरुको अनुगमन गर्दा सबै पसलहरुमा अस्वस्थकर मासु बिक्री हुने गरेको भेटिएको छ ।

अनुगमनका क्रममा माछा तथा मासुपसलहरु मापदन्ड विपरित संचालन गरिरहेको भन्दै सचेत गराएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सर्वेक्षण कार्यालय भैरहवाका निमित्त कार्यालय प्रमुख रुद्र ज्ञवालीले बताए ।
उनकाअनुसार ।माछा पसलहरु नाली माथि संचालन भैरहेका पाइयो, कुखुराका खोरहरु बाटोमै राखी कारोवार भैरहेको रहेछ ।

मासु पसलहरु पनि अव्यवस्थित रुपमा संचालन गरेको पाइयो ज्ञवालीले भने, ‘मासु पसलहरु ब्यवस्थित र सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । अन्यथा कारवाही गरिनेछ । अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड विपरित संचालनमा आएको पाइएको उनले बताए ।

मानवीय स्वस्थ्यमाथिको गम्भीर खेलवाड भएको उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।
 
 

Last modified on 2019-09-02 14:36:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts