पहाडमा किटजन्यरोग फैलिदैः डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी

डडेल्धुरा, १६ भदौं । सरकारले देशका पुर्वि भाग तथा तराईका केही क्षेत्रमा डेंगू रोग नियन्त्रण गर्न विभिन्न हतकन्डा अपनाइरहेको बेला यता पहाडी जिल्लामा भने स्क्रब टाइफसको त्रास फैलिएको छ ।
डडेल्धुरामा भदौमा मात्रै १ सय २८ शंकास्पद बिरामीलाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइफसका पोजेटिभ बिरामी फेला परेका छन । ‘हामीले शंका लागेका १ सय २८ लाई चेकजाँच गर्यौ जसमध्य १ सय १ जनामा
नेगेटिभ र २७ जनामा रोगको संक्रमण देखा पर्यो’ डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरीप्रशाद भुषालले भने– ‘भदौ ५ गतेबाट १५ गते सम्म १ सय २८ जना ज्वरोका बिरामी आएकोमा १० दिनमै स्क्रब टाइफसबाट २७ जना संक्रमित भेटीए ।’
डडेल्धुरा अस्पताल डडेल्धुरामा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेकाले संक्रमित २७ डडेल्धुराका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका प्रयोगशाला प्रमुख भुषालले बताए ।
किटजन्य रोगबाट सचेत रहन आग्रह
गत वर्ष डडेल्धुराको अजयमेरुमा पहिलो पटक देखा परेको स्क्रब टाइफस वर्षातको समयमा अन्य पहाडि जिल्लामा पनि देखा पर्न थालेको छ ।
गत साल सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा ४१ दिनको अवधिमा १३० जनालाई जाँच्दा ५० जनामा स्क्रबटाइफस रोगको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांक रहेको छ । ती मध्य दुई जनाको मृत्यु समेत भएको थियो ।
पछिल्लो समय किटजन्य रोगको महामारी पहाडि जिल्लामा फैलिन थालेको छ । गत साउनमै डडेल्धुरामा कालाजार रोगको बिरामी भेटिएका थिए। जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका– ६ का २१ वर्षीय वि.पी जोशीलाई कालाजारको संक्रमण देखापरेको थियो ।
कालाजार र स्क्रब टाइफस किटजन्य रोग भएकोे प्रयोगशाला प्रमुख भुषालले बताए । स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशि दुख्न,े अत्यधिक टाउको दुख्ने, छमछमति पसिना आउन,े खोकि लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डाक्टर उत्तम भट्टले बताएका छन् ।
स्क्रब टाइफसको प्रमुख लक्षण छलामा घाउ देखिने भए पनि डडेल्धुरा अस्पतालमा बढि जसो टाउको दुख्ने, आखाको नानि दुख्ने, सुख्खा खोकि लाग्न,े ज्वरो आउने लक्ष्णका बिरामी आउने गरेको मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कंडेल बताए ।
व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको संक्रमण बढने भएकाले पुरै शरिर ढाक्नेगरी लुगा लगाउने, खुल्ला ठांउमा शौच नगर्न र स्क्रब टाइफसका उल्लेखित लक्षण्हरुमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिको स्वास्थ्य संस्थामा गई चिकित्सकहरुसंग परामर्श लिन उनले सुझाव दिए ।
यसपटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन मेसु कंडेलले सुझाए ।
रोगको संक्रमण अझ बढी भएको हुनसक्ने आशंका भएको बताइएकोछ ।
अहिले देखिएको संक्रमण संख्या अस्पताल डडेल्धुरामा परीक्षणका लागि ल्याइएका केस मात्रै भएको भन्दै अन्य जिल्लाका दुर्गम भेगहरुमा यो संख्या अझ बढी हुन सक्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।