राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलाई बर्खास्त गर्न माग



Download our app to get more features

दाङ, १६ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलाई बर्खास्त गर्न माग गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔंं अभियानले प्रतिष्ठानकी उपलकूलपति डा. संगीता भण्डारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

अभियानले आफ्नो माग सहित कार्यबाहक प्रधानमन्त्री इश्वर पोख्रेललाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।

अभियानका सदस्य सचिव सविन प्रियासनले ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानमा पछिल्लो समय देखिएको विवादका कारण सेवाग्राही समस्यामा पर्न थालेको भन्दै समस्याको समाधान यथासक्य चाडो गर्न आग्रह गरेका थिए ।

कार्यवाहक प्रधानमन्त्री पोख्रेलले प्रतिष्ठान जनताको सम्पत्ति भएकाले कुनै पदाधिकारीका कारण समस्या आएको भए समाधान गर्न सरकार तयार रहेको भन्दै विभागीय मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
 

Last modified on 2019-09-02 14:20:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts