बारामा ६२ जना युवाले गरे रक्तदान 



Download our app to get more features

बारा, १४ भदौ । ‘रक्तदान जीवन दान’ भन्दै बाराको कलैयामा ६२ जना युवाले रक्तदान गरेका छन् ।

समाजवादी युवा संघद्वारा कलैयामा आयोजित रक्तदान कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादवले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा पुर्व सभासद् प्रमोद गुप्ता, प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस साह, जिल्ला अध्यक्ष अजय पटेल, समाजवादी युवासंघका केन्द्रिय सदस्य ओम यादव (मनिष) सहित ६२ जनाले रक्तदान गरेको जनाइएको छ ।

केन्द्रिय सदस्या ओम यादवका अनुसार बारामा आएको हावाहुरीका क्रममा रगत अभावका कारण उपचारमा समस्या भएको र अन्य समयमा पनि बिरामीलाई रगत अभाव हुने भएकाले रक्तदान गरिएको बताए । 

उनले बाराको हावाहुरीको समय बिरामीलाई रगत अभाव हुँदा बाहिर पठाउनुपर्ने बाध्यतालाई ध्यानमा राखि आगामी दिनमा त्यस्ता समस्या नदोहोरियोस् भनेर युवालाई सचेत गराउँदै कार्यक्रमको आयोजना गरिएको पनि बताए ।

Last modified on 2019-08-31 17:32:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts