भालुको आक्रमणमा परेका १६ बर्षीय एक किशोरको कान्तिपुर डेन्टलमा म्याग्जिलो फेसियल सर्जरी  



Download our app to get more features

काठमाडौँ, १३ भदौ ।  भालुको आक्रमणमा परेका १६ बर्षीय किशोरको बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालले जोडिदिएको छ । 

बेलकोटगढी नगरपालिका ११ का किशोर प्रकाश तामाङको भालुको आक्रमणमा परि अनुहारमा गम्भिर असर पुगेको थियो । कान्तिपुर डेन्टल अस्पतालका ओरल एण्ड म्याक्जिलो क्रेनियो फेसियल सर्जन डा. सुमित सिंह नेतृत्वको टोलीले साढे सात घण्टा लामो शल्यक्रिया गरि जोडिदिएको हो ।  

गत ४ भदौको बिहान घरबाट केहीपर बारीमा घाँस काट्न जाँदा प्रकाशलाई भालुले आक्रमण गरेको थियो ।  आक्रमणबाट प्रकाशको अनुहार गम्भिर चोट लागेको थियो भने शरीरका विभिन्न भागमा भालुले चिथोरेको थियो । परिवारले सोही दिन उपचारका लागि काठमाडौँ स्थित त्रि वि शिक्षण अस्पताल पुर्याएका थिए । तर प्रकाशको उपचारका लागि उपयुक्त चिकित्सक विदामा बसेको भन्दै कान्तिपुर डेन्टलमा रिफर गरिएको थियो ।  

कान्तिपुर डेन्टल आइपुग्दा मस्तिष्कबाट सीएसएस भन्ने तरल पदार्थ चुहिइरहेको, गालामा नाकमा प्वाल परेको अवस्था रहेको अस्पतालले जनाएको छ । आँखा जोगिएकोे तर त्यसलाई अड्याउन हड्डी भने टुक्रिसकेको थियो । अस्पतालका म्याग्जिलो फेसियल सर्जन डा सिंहले भने, “तर हाम्रो टिमले क्वीक रेस्पोन्स गरी शल्यक्रिया गरिदिइ हाल्यौँ । अहिले उनको अवस्था निकै सुधार भईरहेको छ ।“

डा सिंहका अनुसार मुखको शल्यक्रियाका लागि मात्रै घाइतेकै शरीरका विभिन्न ठाँउबाट हड्डीका टुक्रा लिएर जोडीएको छ । उनले भने 'हामीले यसरी करीब १४ वटा हड्डीका टुक्रा प्रयोग गरयौँ ।  हिप (कम्मर)को भागबाट र मुखको तल्लो च्यापुको भागबाट हड्डीका टुक्रा राखेर अड्याईको छ । त्यसबाहेक केही टाइटेनीमको प्लेटको समेत राखेर अहिले अनुहारलाई पुरानै रुपमा फर्काउने कोशिष गरिएको छ र हामी त्यसमा सफल भएका छौँ ।' 

डा सिंहले समयमै उपचारका लागि नआएको भए सीएसएसको कमीले म्यानेन्जाइटिस लगायतका अरु जटिल रोग लाग्न सक्ने बताएका छन् । 

कान्तिपुर डेन्टल हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले सही उपचारका लागि सही ठाँउमा विरामी पुर्याउनुपर्ने अहिलेको सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्दै मुख दन्त तथा अनुहारसम्वन्धी सबै ट्रमा केशहरु आफूहरुले सहज रुपमा उपचार गरिरहेको बताए । उनले भने 'हामीसंग त्यहि किसिमको जनशक्ति लगायत श्रोत र साधन पर्याप्त छ  । त्यसैले हामीले उपचार गरेका केशहरु सफल भएका छन् । ' 

 चिकित्सकहरुले उनको म्याग्जिलो फेसियल सर्जरी बाहेक रेविज विरुद्धको उपचार समेत गरेका छन् । भालुले अनुहारमै आक्रमण गर्नुको कारण उसको आँखामा लाईट रिफ्लेक्ट भएको बताइएको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts