आयुर्वेद अनुसार कुन महिनामा कुन फल खान हुने ? कुन फल खान नहुने ?
आयुर्वेद अनुसार कुन महिनामा कुन फल खाँदा राम्रो र कुन फल खाँदा नराम्रो भन्ने जानकारी यँहा प्रस्तत छ । डा. राजु अधिकारीको पुस्तक खाने कसरी पिउने कसरीका अनुसार यी कुन महिनामा के खाने जानीराखौं
खान हुने
माघ -फागुन : स्याउ अंगुर, नरिवल, सुन्तला, भुईकटहर
चैत -वैशाख : मेवा कुभिन्डो केरा
जेठ -असार : स्याउ, केरा, सरिफ, काँक्रो, सुकेको नरिवल, आरुबखडा, बेल
साउन -भदौ : अंगुर, कागती, आँप, लिच्ची, नासपाती, नरिवल
असोज -कार्तिक : केरा, स्याउ, अन्जीर, अमला, अनार, उखु
मंसिर- पुस : सुन्तला, केरा, भोगटे, जुनार, निवुवा, भुईकटहर, अंगुर, स्याउ
खान नहुने
माघ- फागुन : जमुना
चैत -वैशाख : काजु, काक्रो, सरिफा, अम्वा, आरु, स्ट्रबेरी, सुन्तला
जेठ -असार : उखु
साउन -भदौ : खरबुजा, तरबुजा, जामुन, काँक्रो
असोज -कात्तिक : कागती, आरु, चेरी, भईकटहर, काचो आँप, स्ट्रबेरी
मंसिर -पुस : जमुना