दाँतमा सिमेन्ट भर्दा के के कुरामा ध्यान दिने ? जानौं...
दाँतको समस्या धेरैलाई हुन्छ । चाहे दाँत किरा लागेर देखा पर्ने समस्या होस् वा अन्य कारणले हुने समस्या नै किन नहोस् । दाँतमा धेरैलाई देखिने समस्या दाँत किराले खाने, दाँत फाट्टीयर आउने तथा चोट लागेर दाँत टुक्रिएर जाने हो । यस्तो समस्याको लागि सिमेट भरेर समाधान गर्ने धेरैको रोजाई बनेको छ । दाँतमा सिमेन्ट भर्नुपर्ने कारण र अपनाउनु पर्ने सावधानीबारे डाक्टर तामुना गिरी यसो भन्छिन् ...
दाँतमा देखिने विभिन्न समस्याको समधानको लागि दाँतमा सिमेन्ट भरिन्छ । दाँतमा सिमेन्ट भर्नुपर्ने मूख्य कारण यस्ता छन्:
- दाँत किराले खाँदा, किराले खाएको स्थान पुर्न ।
- दाँत भाँचिदा वा फुट्दा टाल्नको लागि ।
- दाँतको खाली ठाउँ भर्न ।
- दाँतमा सौन्दर्यता ल्याउन ।
दाँतमा सिमेन्ट भरेपछि ध्यान दिनुपर्ने कुराहरु
धेरैको बानी हुन्छ कि दाँतमा सिमेन्ट भरेपछि सकियो । भरिएको सिमेन्ट बारे कुनै सावधानी अपनाउनु पर्दैन । यस्तै सोच र व्यवहारका कारण सिमेन्ट भरिसकेपछि विभिन्न समस्या देखापर्छ । तर सिमेन्ट भरेपछि बढी साह्रो, गुलियो, दाँतमा टासिने कुरा खानुहुँदैन् । साथै सिमेन्ट भर्ने बित्तिकै एक घण्टा जति केही पनि नखाँदा राम्रो । यसोगर्दा भरेको सिमेन्ट उक्किनुको साथै अन्य समस्या निम्ताउन सक्छ । दाँतमा सिमेन्ट भरिसके पछि यसको सुरक्षाको लागि सधै सचेत रहनुपर्छ ।
दाँतमा भरिने सिमेन्ट विभिन्न प्रकारका हुन्छन्
दाँतकै रंगको, अमाल्गम्स्, मिराकल मिक्स, जिआसी सिमेन्ट । यी मध्ये सबै भन्दा बढी प्रयोगमा आएको वा राम्रो दाँतकै रंगको सिमेन्ट हुन्छ । दन्तरोगलाई तुलनात्मक रुपमा अलि महंगो मानिन्छ । एक त दाँतमा कुनै पनि समस्या आउन नदिनु नै उत्तम । यदि लागिहाले पनि बेलैमा उपचार गर्नुपर्छ । अन्यथा गिजा लगायत मुखमा अझ समस्या बढ्न सक्छ ।