कुशे गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस पढाउने

जाजरकोट, १२ भदौ । जाजरकोटको कुशे गाउँपालिकाले एमबीबीएस पढ्नका लागि सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले आफ्नो क्षेत्रका एक जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोटामा एमबीबीएस पढाउन सुरु गरेको हो ।
गाउँपालिकाले आफ्नो आर्थिक सहयोग छात्रवृत्ति कोटा निर्धारण गराएर प्रत्येक वर्ष एक जना स्थानीय विद्यार्थीलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउने काम यसै वर्षदेखि सुरु गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
अध्यक्ष बस्नेतले आफ्नो गाउँपालिकामा स्थायी बसोबास भएका र सामुदायिक विद्यालयका १० कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई पढाइ सकिएपछि तीन वर्ष अनिवार्य रुपमा गाउँपालिकामा काम गर्ने सर्तसहित छात्रवृत्ति कोटामा पढाउन लागिएको बताए ।