भक्तपुर क्यान्सर अस्पतालकाे पुरानै व्यवस्थापन समितिलाई सर्वाेच्चकाे वैधता

नगरपालिकासँग हस्तक्षेपकाे कारण माग



Download our app to get more features

काठमाडौं, ११ भदौ । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समिति भंग गर्दै नगरपालिकाले गठन गरेको नयाँ समितिलाई सर्वाेच्च अदालतले अवैधानिक ठहर गरेको छ ।

अस्पतालमा अनियमितता बढेको नाममा नगरपालिकाले हस्तक्षेप गर्दै नयाँ समिति गठन गरेको थियो । नेपाल अर्वुद रोग निवारण संस्थाद्धारा भक्तपुर क्यान्सर अस्पताल सञ्चालित छ । अस्पतालमा नगरपालिकाले हस्तक्षप गरेर नयाँ समिति गठन गरेपछि पुरानो समिति अदालतको ढाेका ढक्ढकाउन पुगेका थियो । न्यायाधिश तेज बहादुर केसीकाे एकल इजलासले १५ दिनभित्र विपक्षीसंग नयाँ समिति बनाउनुकाे अाैचित्य सहित लिखित जवाफ मागेको छ ।

सर्वाेच्चले विपक्षलाई १६ भदौमा पेसी तोकी उपस्थित हुन सूचना पनि जारी गरेको छ । नगरपालिकाको कार्यापालिका बैठकले मेयरको अध्यक्षतामा गठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिद्धारा संचालन भएको कानुनी आधारमा नभएको ठहर गरेको हाे । साथै, सर्वाेच्चले पूर्व समितिको कार्यमा अवरोध नगर्न पनि आदेश जारी गरेको छ ।

Last modified on 2019-08-30 15:25:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts