चिकित्सा शिक्षा संघर्ष समितिको थप आन्दोलनको कार्यक्रम सार्वजनिक

कालोपट्टीदेखि सेवा ठप्प गर्नेसम्म



Download our app to get more features

काठमाडौं, १० भदौ । चिकित्सा शिक्षा संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । 

समितिले एक साता भित्र माग पुरा नभए मेडिकल कलेजको शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनि दिएको छ ।

समितिले मंगलबार एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेर मेडिकल कलेजहरुले अहिले पनि मनपरी शुल्क असुलिरहेको तर, नियमक निकाय मौन रहेको भन्दै विद्यार्थीहरुलाई दवाव तथा प्रभावमा पारेर मेडिकल कलेजका मालिकहरु मेटाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

समितिका संयोजक संयोजक प्रकाश चन्दले बुधबारदेखि शनिबारसम्म सबै मेडिकल कलेजमा सभा गर्ने र विरोध स्वरुप कालो व्यानर राख्ने बताए ।

यस्तै १५ गते कालो पट्टी बाधेर काम गर्ने र पढ्ने, १६ गते सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने, १८ गतेदेखि कुनैपनि स्वास्थ्य सेवा प्रभावित नहुने गरि सबै मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक कार्य ठप्प पार्ने, २५ गते राजधानीमा विशाल प्रदर्शन गर्ने र २६ गते माग सम्बोधन नभए थप कडा भन्दा कदम चालिने उनले जानकारी गराए ।

Last modified on 2019-08-28 10:15:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts