सांसद नवराज सिलवालकाे संसदमा माग: निजी अस्पतालकाे कमिशनतन्त्र राेकियाेस्



Download our app to get more features

काठमाडौं, १० भदौ । स्वास्थ्य क्षेत्रमा भएको व्यापक व्यापारीकरणका कारण नागरिक मारमा पर्ने गरेको भन्दै सांसद नवराज सिलवालले सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदको सोमबार बसेको बैठकमा बोल्दै सांसद सिलवालले नीजि अस्पतालमा बढ्दो व्यापारीकरण र कमिशनतन्त्रलाई रोक्नुपर्ने माग गरे ।

उनले भने, ‘नीजि अस्पतालमा बिरामीलाई शय्यामा १० प्रतिशत शय्या शुल्क लागू नभएको र पैसा कमाउने उदेश्यले बिरामी ओसार पसार गर्ने क्रमलाई रोक्नु पर्छ ।’

उनले सरकारी अस्पतालमा बेड खाली नहुँदा वा आईसीयू खाली नहुँदा बिरामीलाई नीजि अस्पतालमा पठाउने एम्बुलेन्स र ट्याक्सीले कमिशन लिने गरेकोप्रति पनि सरकारको ध्यानाकर्षण गराए । 

Last modified on 2019-08-27 11:33:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts