यसरी हुँदैछ प्रधानमन्त्री ओलीको उपचार...



Download our app to get more features

काठमाडौं, ९ भदौ । उपचारका लागि बिहिबार सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्माफेरेसिस सुरु गरिएको छ । सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा ओलीको ‘एन्टिबडी’ बढी देखिएपछि शुक्रबार बाटै प्लाज्माफेरेसिस सुरु गरिएको हो ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार ‘ट्वीट’ गर्दै ‘प्लाज्माफेरेसिस’ प्रक्रिया सुरु भएको जानकारी दिएका हुन् । १२ वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । यसअघि प्रधानमन्त्री साउन १८ देखि २७ गतेसम्म नेसनल युनिभर्सिटी अस्पतालमै स्वास्थ्य परीक्षण गराउन गएका थिए ।

बरिष्ठ मिर्गाैला रोग विशेषज्ञ रिषि कुमार काफ्लेका अनुसार प्लाज्माफेरेसिस एन्टिबडी घटाउने उपचार पद्धति हो । यो उपचारअन्तर्गत सुई औषधि दिएर शरीरमा एन्टिबडी घटाइन्छ । यस्तै शरीरमा निर्माण भइसकेको एन्टिबडीलाई रगतबाट हटाउन प्लाज्माफेरेसिस गरिन्छ । यो डायलाइसिस जस्ते एन्टिबडी निकालेर त्यसको सट्टा अर्को प्लाज्मा हालिन्छ । प्लाज्माफेरेसिस सामान्यतया ३ देखि ६ पटकसम्म आवश्यक पर्ने भए पनि उमेर बढी भएकाले प्रधानमन्त्रीका हकमा ६ ७ पटकसम्म चाहिन सक्ने डा. काफ्लेले बताए । एन्टिवडिको मात्र घटाउने प्रक्रिया सजिलो नभएको उनले बताए । प्लाजमा फेरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आउनसक्ने उनले बताए । यदि यस उपचारले कुनै सुधार भएन भने पुन मिर्गौला प्रत्यारोपण हुन सक्ने उनले बताए । प्रधानमन्त्रीको अन्य समस्या फोक्सो, मुटु र मस्तिष्क क्यान्सर लगायतको रोग नभएकोले पुन प्रत्यारोपण गर्न सकिने बताए ।

Last modified on 2019-08-27 11:29:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts