राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामूहिक राजीनामा दिएका ९ जनालाई सेवाबाट हटाइयो



Download our app to get more features

दाङ, ९ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको छ ।

उपकुलपति डा.संगिता भण्डारीको कार्यशैलीमा प्रश्न उठाउँदै उनीहरुले गत भदौ ५ गते सामूहिक राजीनामा दिएका थिए । स्वास्थ्य जस्तो अत्यावश्यक सेवामा काम नगरेकाले कार्यकारी परिषदको निर्णयबाट उनीहरुलाई सेवाबाट हटाइएको उपकुलपति प्रा. डा. भण्डारीले बताइन् । उनले भनिन्, ‘आइतबार मात्रै उनीहरुको राजीनामाको पत्र इमेल मार्फत प्राप्त भयो । राजीनामा प्राप्त हुनासाथ उनीरुलाई सेवाबाट हटाइएको हो र रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।’ जागिरबाट हटाइएकाहरुमा पृतम डिसी, अभ्यास पोखरेल, अनिल खाम, गौरव आचार्य, सुवर्ण बुढा, धना केसी, राजेन्द्र कुलारा, आयुष पौडेल उपाध्याय र कृष्ण रिजाल छन् । मनोज यादवको करार सेवा भने यसअघि नै भंग गरिएको थियो ।

उनीहरुको एकवर्षे करार सेवा आगामी मंसिर १५ गते सकिन्थ्यो । प्रतिष्ठानमा सरकारी सेवाका १२ जना डाक्टर छन् । साविकको घोराही उपक्षेत्रीय अस्पतालमा कार्यरत ती डाक्टरहरुलाई प्रतिष्ठानमा समायोजन गरिएको हो ।

Last modified on 2019-08-27 11:28:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts