सुत्केरी महिलालाई घ्यू, अण्डा र दाल उपहार

डडेल्धुरा, ९ भदौ । बझाङको छविस पाथिभेरा गाउँपालिकाले उपाध्यक्षसंग सुत्केरी महिला कार्यक्रममार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक करेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणको हिसाबले जोखिमयुक्त मानिएको स्थानीय तहमा छविस पाथिभेरा गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम सञ्चालन गरी पौष्टिक आहार वितरण गर्न थालेको हो ।
सुत्केरी महिलाको पोषणमा सुधार ल्याउन र महिलाको खानपानको शैली परिर्वतन गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष राधिकाकुमारी रताला जोशीले बताइन् । गाउँमा प्रसस्त सिचाईको सुविधा र जग्गा जमिन हुँदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुतm खाना खाने गरेका छैनन् ।
महिलाको पोषण अवस्था नाजुक बन्दै गएकोले उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम अभियान थालिएको उपाध्यक्ष जोशीले बताइन् । गाउँपालिकाका प्राय सबै जसो मानिसहरु किसान भएर पनि परमम्परागत ढंगले खेतीपाती गर्ने भएका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन । यस्तो अवस्थामा सुत्केरी महिलामा पोषणयुतm खाना आवश्यक मात्रामा प्राप्त गर्न नसकेको जनाइएको छ ।
गाउँपालिकाले घ्यू, अण्डा, दाल खरिद तथा वितरण गर्नका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ छ । यस कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई पोत्सान स्वरुप घ्यू,अण्डा र दाल गरिएको जनाइएको छ ।