के हो माइग्रेन ? कसरी जोगिने ?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो ।
यो रोग भएका बिरामीको टाउकोभित्रका मस्तिष्कका रक्तनलीहरु समय–समयमा फुल्ने गर्नाले ती रक्तनलीवरिपरिका नसाहरु तकिन्कन्छन् र ती नसाहरुले विभिन्न प्रकारका रसायन निकाल्न थाल्छन् ।
यो एउटा लामो समयसम्म रहिरहने रोग हो । माइग्रेनको कुनै निश्चित उपचार नभए पनि हामी स्वयंले केही उपाय अपनाऔं भने पीडाबाट धेरै हदसम्म मुक्त हुन सक्छौं । माइग्रेनका लक्षण बेलाबेलामा बाल्झिरहने र पूर्ण रुपमा ठीक हुन निकै गाह्रो हुन्छ ।
लक्षणहरु :
- कहिलेकाँही टाउकोमा एकापट्टि र कहिले अर्कोपट्टि दुख्ने गर्छ ।
- यसमा टाउको टनटनी दुख्ने तथा आँखाका गेडा दुख्ने गर्छ ।
- टाउको दुख्नुका साथै वाक्वाकी लाग्ने, बान्ता हुने, चर्को आवाज सुन्न नसक्ने, हातखुट्टा चिसो हुने हुन्छ ।
- यो समस्या देखिएकाहरुको टाउको दुखाइ बल्झरहनुभन्दा अघि कसैकसैमा चिडचिडापना आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाइ लागेको जस्तो हुनेलगायत समस्या पनि देखिन्छन् ।
कारणहरु :
बढी मानसिक चिन्ता
चिया र कफिको अत्याधिक सेवन
समयमा नसुत्नु
पीडा कम गर्ने औषधी बढी मात्रामा प्रयोग गर्नु
रोकथाम कसरी गर्ने ?
- माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरु जस्तै : चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खाने ।
- नियमित रुपमा एउटै समयमा सुत्ने बानीको विकास गर्ने
- चिन्तालाई मनबाट हटाउने
- घाममा धेरैबेर नबस्ने, यदि घाममा हिँड्नुपरे छाता प्रयोग गर्ने
- पीडा कम गर्ने औषधि कम प्रयोग गर्ने ।
Last modified on 2019-08-27 11:27:45