राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दिए २४ घण्टे अल्टिमेटम, यस्ता छन् ८ माग

काठमाडौं, ८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका चिकित्सकले २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरुले आठ बुँदे माग राख्दै काममा फर्कन २४ घण्टा भित्र वातावरण मिलाउन उपकुलपति समक्ष माग राखेका हुन् । उपकूलपति डा. संगिता भण्डारीले बारम्बार बर्खास्त गर्ने लगायतका धम्कि दिएर तनाब दिएको भन्दै २५ मध्ये २२ चिकित्सकले सामूहीक राजीनामा बुझाएका थिए । आफूहरुमाथि अनुचित बहानामा स्पष्टीकरण सोध्ने, बर्खास्तीको धम्कीलगायत मनोबल खस्काउने खालका दबाब दिएका कारण राजीनामा दिएको चिकित्सकहरुले जनाएका छन् ।
प्रतिष्ठानबाट भर्खरै बर्खास्त डा. मनोज यादवको ससम्मान पूर्ववहाली गर्नुपर्ने माग सहित लिखित रुपमामा आइन्दा चिकित्सकमाथि मानसिक तनाब नदिने प्रतिवद्धता उपकुलपतिले गर्नुपर्ने लगायतका आठ वटा माग अगाडि सारेका छन् ।
यस्ता छन् माग