स्वास्थ्यकर्मीले गर्ने कामको आधारमा वार्षिक दस्तुर निर्धारण, हेरौ कसको वार्षिक दस्तुर कति ?

काठमाडौं, ५ भदौ । स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्यकर्मीले गर्ने कामको आधारमा वार्षिक दस्तुर निर्धारण गरेको छ ।
जनरल सर्जनदेखि अन्य स्वास्थ्यकर्मीको वार्षिक दस्तुर निर्धारण गरिएको छ । सबैभन्दा न्यून ३ सय ३५ देखि सबैभन्दा उच्च १ हजार एक सय रुपैयाँ सम्म वार्षिक दस्तुर निर्धारण गरिएको छ भने आयुर्वेद चिकित्सकको ५ सय मात्र रहेको छ । त्यस्तै स्वास्थ्य संस्थाको हकमा भने प्रति शय्या ६० रुपैयाँ रहेको छ ।
कसको वार्षिक दस्तुर कति ? (रुपैयाँमा)
स्वास्थ्यकर्मीको प्रयोजनका लागि
जनरल सर्जन ११००
डेण्टल सर्जन ११००
रेडीयोलोजिष्ट ७५०
डर्माटोलोजिष्ट ७५०
लेप्रोलोजिष्ट ७५०
साइक्यनटिक्स ७५०
पेडियाटिक्स ७५०
अप्थल्मोलोजिष्ट ७५०
अटोरिनोल्यारिंगोलोजिष्ट ७५०
एनेस्थेसियोलोजिष्ट ७५०
फिजिसियन ७५०
मेडिकल जनरलिष्ट ७५०
जनरल मेडिसिन ७५०
अब्सटेटिसियन एण्ड गाइनोकोलोजिष्ट, ११००
होमियोप्याथी चिकित्सक, आयुर्वेद चिकित्सक ५००
अन्य स्वास्थ्यकर्मी ३६५
स्वास्थ्य संस्थाको लागि
प्रति शय्या ६०
यसैगरी समितिले दर्ता नभएका र प्रमाण पत्रको म्याद सकिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कुनै पनि सुविधा उपलब्ध गराउन नसकिने जनाएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता गर्न सूचना सार्वजनिक गरेको छ । स्वास्थ्य उपचारको क्रममा उत्पन्न हुनसक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा गर्ने प्रयोजनका लागि बनेको ऐन अनुसार नाम दर्ता गराउन सकिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको समितिमा नाम दर्ता गराउन सकिने छ ।
पछिल्लो समय लगातार स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हुने हमलाका घटना बाहिर रहेका छन् ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को दफा ७ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थालाई नाम दर्ता गराउन सूचना जारी गरिएको हो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी नियमावली २०६९ को अनुसूची ५ बमोजिम चिकित्सकलाई र सोही नियमावलीको अनुसूची ६ बमोजिम स्वास्थ्यसंस्थाले नाम दर्ता गराउन सक्ने छन् ।
समितिमा नाम दर्ता गराउँदा स्वास्थ्यसंस्था र चिकित्सकहरुले वार्षिक दस्तुर बुझाउनु पर्नेछ । नाम दर्ता गराउँदा निवेदन दस्तुर पाँच सयका साथमा वार्षिक दस्तुर सहित निवेदन पेस गर्नुपर्ने छ ।