स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा बराल

काठमाडौं, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राम प्रसाद थपलियाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएको पाँच महिनामै उनको खेलकुद मन्त्रालयमा सरुवा गरेको हो ।
सरकारले स्वास्थ्य मन्त्रालयमा शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई सरुवा गरेको छ । मन्त्रालयमा दुई जना सचिव रहदै आएका छन् । थपलिया प्रशासन तर्फका सचिव हुन् ।
Last modified on 2019-08-22 06:24:27