'एक विद्यायल एक नर्स' कार्यक्रमका लागि प्रदेश नं. ३ ले १ सय १ नर्सलाई करारमा लिने



Download our app to get more features

काठमाडौं, ३ भदौ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ ले १ सय  १नर्सलाई करारमा लिने भएको छ ।

एक सरकारी माध्यामिक विद्यालयमा एक नर्सको व्यवस्था रहने छ । जसका लागि इच्छुक उम्मेरवारले मन्त्रालयले सुचना निकालेको २१ दिन भित्र कार्यालय समयमा दरखास्त दिन सक्ने छन् । मन्त्रालयले मंगलबार सूचना निकालेको हो । 

प्रदेश ३ का  १३ वटा जिल्लाका विभिन्न स्थानिय निकायमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । साथै एक स्थानिय तह अन्तर्गत एक जना नर्सको व्यवस्था हुनेछ । 

यस सम्बन्धि बिस्तृत विवरण मन्त्रालयको वेवसाइटमा हेर्न सकिने छ । 
 

Last modified on 2019-08-20 16:40:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts