डेंगुको द्रुत परीक्षण किट अनावश्यक रुपमा प्रयोग नगर्न निर्देशन

काठमाडौं, २ भदौ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले द्रुत परीक्षण किटको जथाभावि प्रयोग नगर्न निर्देशन दिएको छ । महाशाखाले द्रुत परीक्षण किटबाट ज्वरो आएका सबै बिरामीको परीक्षण भइरेको जानकारी आएको जनाएको छ । तर डेंगु ज्वरोका सबै बिरामीमा यो परिक्षण आवश्यक नपर्ने महाशाखाले जनाएको छ ।
महाशाखाले डेंगु द्रुत परीक्षण कस्ता व्यक्तिमा गर्ने भनी त्यसको मापदण्ड तयार पारेको छ ।
महाशाखाका अनुसार यस्ता छन् मापदण्ड
कम्तीमा तीन दिन देखि उच्च ज्वरो भएको बिरामीमा ,
बिरामीको रगतको नमुना परीक्षण गर्दा चार हजार भन्दा कम डब्लुबिसी भएमा ,
Platelet count एक लाख भन्दा कम भएको
Last modified on 2019-08-19 12:59:37