भक्तपुरका नगर प्रमुख प्रजापति भक्तपुर क्यान्सर अस्पतालमा 



Download our app to get more features

काठमाडौं, १ भदौ । भक्तपुर क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई अस्पतालमा स्वागत गरिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले आइतबार प्रजापतिलाई स्वागत गर्दै बधाई दिएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालद्वारा आयोजित उक्त कार्यक्रममा संघीय सांसद एवम् अस्पताल व्यवस्थापन समितिका सल्लाहकार प्रेम सुवालले गरिब नेपाली जनताले सस्तो र गुणस्तरीय उपचार पाउन भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले आवश्यक जग्गा प्रदान गरी आर्थिक सहयोग प्रदान गर्दै आएको बताए । 

उनले अस्पतालमा भइरहेको अनियमितता रोक्न नयाँ व्यवस्थापन समिति गठन भएको र नवगठित व्यवस्थापन समितिले कर्मचारीको वृत्तिविकासका साथै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अग्रसर रहने बताए ।

अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारको विषयमा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग पटक–पटक स्पष्टीकरण माग गरेको भएपनि कोही उपस्थित नभएको बताए । 

नगर प्रमुख प्रजापतिले नयाँ व्यवस्थापन समितिले आर्थिक अनुशासन र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिरामीको सेवा र अस्पतालको हितमा काम गर्नेहरूलाई व्यवस्थापन समितिले उत्साहित गर्ने काम  र भागबण्डा, पक्षपात र आर्थिक अनियमिततालाई बन्द गरिने जनाए । 

कार्यक्रममा अस्पतालका श्रेष्ठले अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई रोक्न र संस्थालाई बचाउन नगरपालिकाको कदम स्वागतयोग्य भएको बताए ।

भक्तपुर क्यान्सर अस्पताल कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले अस्पतालको ल्याब तथा फार्मेसीमा भइरहेको भ्रष्टाचारबारे बोल्दै व्यवस्थापन समितिका व्यक्तिहरूले कर्मचारीहरूलाई धम्क्याउने कार्य गर्दै आएको  दावी गरे । 

Last modified on 2019-08-18 17:43:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts