सोनापुरमा नि:शुल्क स्वास्थ्य शिविर : एक हजार लाभान्वित

रुपन्देही, १ भदौ । कपिलवस्तुको पटना स्वास्थ्य चौकी वाणगंगाको आयोजना तथा सिद्धवाबाबा सुपरस्पेसलिष्ट अस्पताल बुटवलको सहयोगमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा एक हजार भन्दा बढीले निशुल्क सेवा लिएका छन ।
विभिन्न कारणले स्वास्थ्य संस्था गएर स्वास्थ्य जाँच गराउन नपाएका र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको थियो ।
स्वास्थ्य जाँच गराएका मध्ये सबैभन्दा बढीमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको छ । त्यस्तै शिविरमा स्वास्थ्य परिक्षण गर्न आइपुगेकामा फोक्सो, मुटु, उच्च रक्तचाप, मधुमेह, मिर्गौला, पिसाबमा संक्रमण, रुघाखोकी, उच्च ज्वरो, टाउको दुख्ने नसा सम्बन्धी लगाएतका समस्या देखिएको चिकित्सकहरुले बताएका छन।
शिविरमा मिर्गौला रोग बिशेषज्ञ डाक्टर शक्ती बस्नेत, यमनचन्द प्रधान, मुत्ररोग विशेषज्ञ डाक्टर सुवासचन्द चौधरी, पेट छाती तथा मुटुरोग विशेषज्ञ डाक्टर दिनेश गौतम लगाएत ३० जना स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको हो ।
शिविरमा विरामीको निशुल्क मुटु सम्बन्धी इसिजी जाँच, ल्याब तथा प्रयोशाला सेवा, फोक्सोको कम्पूटर माध्यमद्धारा गरिने पिएफटी जाँचका साथै सबै प्रकारका औषधि निशुल्क वितरण गरिएको थियो । निशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय खुसी भएका छन् । पटना स्वास्थ्य संस्थाका प्रमुख कासीराम रेग्मी, सिअहेव रामप्रसाद भण्डारीले समन्वय गरेका थिए । शिविरमा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको सहकार्य रहेको थियो ।