मेडिकल सिटिको रुपमा रहेको चितवनमा नर्सको व्यवस्थापन हुन सकेन, ५ हजार नर्सको विचल्ली

चितवन, ३२ साउन । चितवनमा नर्सहरुको संख्या बढ्दै गएपनि उनीहरुको व्यवस्थापन हुन सकेको छैन ।
मेडिकल सिटीको रुपमा रहेको चितवनमा मात्रै करिव ५ हजारको हाराहारीमा नर्सहरु रहेका छन् । तर, उनीहरुको व्यवस्थापन हुन नसक्दा विचल्लीमा परेका छन् ।
प्रोफेन्सीयल सर्टिफिकेट लेवल (पिसिएल) पढ्नका लागि कम्तीमा ४ लाख लागेपनि कुल खर्च ७ देखि ८ लाख रुपैया लाग्ने गर्छ । ४ वर्षिय स्नातक सम्म पढ्न सबै गरि १२ लाख सम्म खर्च हुन्छ । लाखौ खर्चेर नर्सिङ पढेपनि उनीहरुको व्यवस्थापन हुन सकेको छैन ।
बिरामीको जीवन रक्षासँगै जीवनदामा महत्वपूर्ण अंग मानिने नर्सिङ पेशा उच्च मनोबलका साथ काम गर्ने वातावरण नहुँदा नर्सहरु विचल्लीमा परेका छन् । तै पनि नागरीकको स्वास्थ्यमा रातदिन खटिरहेका हुन्छन् ।
नेपालमा लार्खौ खर्चेर नर्सिङ पढेपनि उचित तलव नपाउनु, सम्मान नपाउनु पीडादायी विषय हो । बेला बेलामा नर्सिङ पेशाको सम्मान हुन नसकेको आवाज उठ्ने गरेको छ । नेपाल नर्सिङ संघ चितवनकी अध्यक्ष माया पाण्डेले नर्सिङ स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु पर्ने वताईन् । त्यसका लागि राज्यले उचित निति निर्माण गरेर कार्यान्वयन गर्नु पर्ने उनको भनाई छ ।
विश्व स्वास्थ्य संगठनले १ जना जनरल वार्डमा १ जना नर्सले वढिमा ७ जना विरामी हेर्न सक्ने भनेको छ तर नेपालमा १ जनाले ५० जना सम्मको सेवा गर्नु पर्ने वाध्यता छ । न्युनतम तलवबाट वञ्चित उनीहरुको तलव सुनिश्चितसँगै सवै सेवा दिनु पर्ने प्रतिनिधी सभा सदस्य कृष्ण भक्त पोखरेल बताउछन् ।
स्वास्थ्य सेवालाई अझ बढी गुणस्तरीय वनाउन नर्सिङ पेशालाई सम्मानजनक हिसावले हेर्नु पर्ने हुन्छ तर यहाँ नर्सको पीडा कस्ले बुझ्ने । नर्सिङ पेशालाई सम्मान जनक र व्यवस्थित वनाउन सरकार आँफै लाग्न आवश्यक छ ।