एक महिना अघि मात्रै हस्तान्तरण भएको स्वास्थ्यचौकी पहिरोको जोखिममा



Download our app to get more features

डडेल्धुरा, ३२ साउन । एक महिना अघि मात्रै हस्तान्तरण भएको बैतडीको एक स्वास्थ्यचौकी पहिरोको जोखीममा रहेको छ । लगातारको वर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका ७ स्थित करीब २ करोडको लागतमा निमार्ण भएको शिखरपुर स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेको हो । 

वर्षाको कारणले स्वास्थ्यचौकी माथिबाट खसेको पहिरोले स्वास्थ्यचौकीको भित्तातिर क्षति पुर्याएको स्वास्थ्यचौकीका इन्चार्ज भुपेन्द्र विष्टले बताए । स्वास्थ्य चौकी भवनको माथिबाट पहिरो खसेकाले भवन नै जोखिममा परेको हो । स्वास्थ्य चौकी भवनको माथिबाट पहिरो खसेपछि भवनको कोठाभित्र पानी पसेको स्वास्थ्य चौकीका अहेव वीरबहादुर बोहराले बताएका छन् । माटोले स्वास्थ्यचौकीको भवनको पछाडीको भाग छोपेपछि पानीभित्र पसेको हो ।

कोठाभित्र पानी पसेपछि औषधि स्टोरमा समस्या भएको छ । करिब २ करोडको लागतमा निर्माण गरिएको स्वास्थ्यचौकीको भवन एक महिना अघि मात्रै स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्यचौकीको माथिपट्टी भिरालो जमीन भएको र तलबाट टेवा पर्खाल नबनाएका कारण पहिरो खसेको अहेव वीरबहादुर बोहराले बताए । 

Last modified on 2019-08-17 14:06:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts