म अहिले होइन, १५ बर्ष अघि बिरामी थिए: प्रधानमन्त्री ओली

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।
प्रम ओलीको प्रतिक्षा गरिरहेका झापा क्षेत्र न. ५ का अगुवा कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
झापा जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न वालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए । उनले भने “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।”
प्रधानमन्त्री ओलीले भने “गत हप्ता सिंगापुरमा आँखा,कान,घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठिक छ भनेका छन् । अब २०–२५ बर्ष केही हँुदैन भन्छन्। त्यस कारण म बिरामी होइन ।”
प्रधानमन्त्री ओलीले आफू १५ बर्ष अघि बिरामी भएको बताएका छन् । उनले १२ बर्ष अघि मिर्गाैला प्रत्यारोपण गरेको स्मरण पनि गरे । “म अहिले होइन ,१५ बर्ष अघि बिरामी थिए ।”